प्राविधिक शिक्षालयको स्वास्थ्य कार्यक्रमहरु खारेज गरेकोमा आपत्ति
धनकुटा खबर । चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षालयको स्वास्थ्य कार्यक्रमहरु खारेज गरेको प्रति धनकुटा ईन्स्टिच्युट अफ हेल्थ साईन्स र मिलेनियम टेक्निकल ईन्स्टिच्युटले आपत्ति जनाएका छन् ।
यी संस्थाका संस्थपकद्धय राम नारायण प्रसाद रामा र विजय कुमार यादवद्धारा हस्ताक्षरित पत्रमा गत श्रावण ३० गते वसेको वैठकको प्रस्ताव नं ७ को निर्णय नं २ र ३ अनुसार डिप्लोमा तह भन्दा मूनिका स्वास्थ्य शिक्षा कार्यक्रमहरुमा यसै शैक्षिकसत्र देखी भर्ना नगर्ने नगराउने निर्णय गरिएकोमा राष्ट्रिय शिक्षा चिकित्सा ऐनको दफा (१५) ४ र (१५)५ भन्दा फरक निर्णय प्रति आफुहरुको घोर आपत्ति रहेको उल्लेख छ ।
यो शैक्षिक सत्र २०७७/७८ को नविकरणका लागि सिटिईभीटीले आवश्यक दस्तुर समेत जम्मा गराईसकेको र स्वास्थ्य कार्यक्रम नविकरण सूचिमा नपर्नुले सम्वन्धन खारेज भएको आफुहरुको वुझाई रहेको उनिहरुले जनाएका छन् । उनिहरुले पत्र मार्फत भनेका छन “सम्वन्धन खारेजिका लागि शिक्षण संस्थालाई अपराधी सिद्ध गर्नुपर्ने चिकित्सा शिक्षा आयोगको ऐन को दफा १४ र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद नियमावली २०५१ को नियम २२ मा व्यवस्था भए अनुसार हुनु पर्नेमा त्यसो नगरि विश्व माहामारी कोभिड -१९ को नियन्त्रणका लागि गरिएका निषेधाज्ञा तथा कफ्र्युको कारण यस्ता संस्थाहरु संकटमा परेको वेला सो निर्णय माथि पुर्न विचार गर्न प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रि समक्ष विनम्रता पूर्वक आग्रह गर्दछौ ।’’
यो निर्णयले देशभरका निजी शिक्षालय र संस्थापकहरु माथि अन्याय भएको उनिहरुको वुझाई छ । डिप्लोमा तह मूनीका सि एम ए, अनमि, ल्याव असिस्टेन्ट र आयुर्वेद सहायक जस्ता स्वास्थ्य कार्यक्रमहरुको शैक्षिक सत्र २०७७/७८ का लागि नविकरण तथा भर्ना प्रकृयालाई अगाडी वढाईदिन र स्तरोन्नतीको प्रकृया प्रारम्भ गराईदिन प्रमुख जिल्ला अधिकारी मार्फत उनिहरुले प्रधान मन्त्रि समक्ष अनुरोध समेत गरेका छन् ।


