घर भाडा छुट गर्ने धनकुटाका थप ६ जना घरधनीलाई सम्मान
धनकुटा खबर । संकटको वेला घर भाडा छुटगरी सहयोग गने धनकुटाका थप ६ जना घरधनीहरुलाई आज धनकुटा उद्योग बाणिज्य संघले सम्मान गरेको छ ।
लक डाउनका कारण घर भाडा तिर्न नसकि संकटमा परेका व्यावसायीहरुलाई घर भाडा छुट गरि सहयोग गरेका घरधनीहरु धनकुटा नगरपालिका वडा नं ७ का भीम प्रसाद पौडेल, दिप्शन राई, बद्री प्रसाद पौडेल, कृष्ण रम्तेल, राज कुमार डंगोल, हर्क राई, देव लिम्बु र दुर्गा श्रेष्ठलाई संघले सम्मान गरेको हो ।
उनिहरुलाई संघका अध्यक्ष विजय सन्तोषी राई,कोषाध्यक्ष रुपेश श्रेष्ठ,सदस्य शोभा श्रेष्ठ लगायतले टिका लगाई दोसल्ला खादा ओढाएर धन्यवाद ज्ञापन गर्दै सम्मान गरेका थिए ।
संघले जिल्लाको धनकुटा र हिले बजार सहित जिल्लाभरीका ३ सय १४ जना घर धनीहरुलाई घर भाडा छुट गरेकोमा यसअघि नै सम्मान गरीसकेको अध्यक्ष राईले वताउनु भयो । घर भाडा छुट गर्नु हुने घर धनीहरुले दुई महिना,तीन महिना र एक महिना सम्म छुट गरेका छन भने प्राय घरधनीहरुले २ महिनाको घर भाडा छुट गरेको संघले जनाएको छ ।


