धनकुटाका ३७ जनाको पिसिआर नमूना संकलनगरी कोरोना जाँचका लागि पठाईयो
धनकुटा खबर । आज धनकुटाका ३७ जनाको पिसिआर नमूना संकलन गरि कोरोना जाँचका पठाईएको छ । स्वास्थ्य कार्यलय धनकुटाका अनुसार धनकुटा नगरपालिकाका ३७ जनाको नमुना संकलन गरि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको हो ।
आज नमूना संकलन गरिएकाहरु प्रदेश १ का सामाजिक विकासमन्त्रीको सम्पर्कमा रहेकाहरु रहेको स्वास्थ्य कार्यलय प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो । उनिहरुको नतिजा पर्सि सम्ममा आउने अपेक्षा गरिएको छ ।
आज सम्म जिल्लाका १ हजार ९ सय जनाको पिसिआर.विधिबाट कोरोना जाच गरिएकोमा १ हजार ८ सय २३ जनाको नेगेटिभ नतिजा आएको छ । अव आज नमूना संकलन गरिएकाहरुको नतिजा आउन बाँकी छ । भने यस अघि पोजेटिभ नतिजा आएका ४० जना मध्ये २० जना निको भईसकेका छन । अन्य २० जना धनकुटा अस्पतालको आईसोलेसनमा उपचाररत छन् ।


