मन्त्री घिमिरेको स,म्पर्कमा आएका धनकुटाका ३७ जनाकै कोरोना रिपोर्ट नेगेटिभ
धनकुटा खबर । काेराना परिक्षणका लागि धनकुटा नगरपालिकाबाट पिसिआर नमूना संकलन गरि पठाईएका सवैकाे नतिजा नेगेटिभ आएकाे छ ।
प्रदेश १ सामाजिक विकास मन्त्रि जीवन घिमिरेलाई केही दिन अघि काेराना पाेजेटिभ देखिएपछि उहाकाे सम्पर्कमा रहेका धनकुटा नगरपालिकाका ३७ जनाकाे हिजाे नमूना संकलन गरिएकाे थियाे ।
उनिहरु सवैकाे नेगेटिभ नतिजा आज प्राप्त भएकाे स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयाे । याे सँगै आजसम्म जिल्लाका १ हजार ९ सय जनाकाे पिसिआर विधिद्वारा काेराना जाँच गरिएकाे छ ।
जसमध्ये ४० जनाकाे पाेजेटिभ र १ हजार ८ सय ६० जनाकाे नेगेटिभ नतिजा आएकाे छ । पाेजिटिभ मध्ये पनि २० जना निकाे भईसकेका छन् । अन्य २० जनाकाे धनकुटा अस्पतालकाे आईसाेलेसनमा उपचार भईरहेकाे छ ।


