शिक्षक दरवन्दी मिलानको नाममा विधानलाई ल,त्याएको भन्दै धनकुटा कांग्रेसले जारी गर्यो यस्तो विज्ञप्ती
धनकुटा खबर । धनकुटा जिल्लाका केही स्थानीय तह सरकारले शिक्षकहरुको दरवन्दी मिलानको नाममा शिक्षा विभागवाट जारी गरिएको निर्देशिकासंग मेल नखानेगरी विधि विधानलाई लत्याएर आस्थाको आधारमा पुर्वग्रही ढंगले शिक्षकहरुलाई सरुवा गर्ने काम गरेकोमा विरोध गर्दै आज नेपाली कांग्रेस धनकुटाले विज्ञप्ती प्रकाशित गरी गंभिर ध्यानर्कषण भएको जनाएको छ ।
२०७६ सालको विद्यार्थी संख्याको आधारमा शिक्षकहरुको समायोजन गर्ने क्रममा चौविसे गाउपालिकाले कोरोना भाईरसको महामारीका कारण मौनाबुधुकमा लक डाउन तथा शिल भएको अवस्थामा शिक्षा विभागबाट जारी गरिएको निर्देशिकासंग मेल नाखनेगरी केही शिक्षकहरुलाई आस्थाको आधारमा पूर्वग्रही ढंगले अपायक पर्ने गरी सरुवा गरेकोमा सच्याउन चौविसे गाउपालिकासंग उक्त विज्ञप्ती मार्फत नेपाली कांग्रेस धनकुटाले माग गरेकाे छ ।
स्थानीय सरकारबाट राजनैतिक पूर्वग्रह राखी निरन्तर ढंगले शिक्षा क्षेत्रमा राजनैतिक हस्तक्षेप गरी विधि विधान विपरित एकपक्षिय रुपमा काम गरिरहे त्यसको प्रतिरोध गर्दै आन्दोलन गर्न बाध्य हुने समेत नेपाली कांग्रेस धनकुटाले विज्ञप्ती मार्फत चेतावनी दिएकाे छ ।



