नेकपाको संगठन विभागमा धनकुटाका हेमराज भण्डारीलाई पठाइने

ईश्वर थापा, धनकुटा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संगठन विभागमा धनकुटाका हेमराज भण्डारीसहित २ जना जना थप गर्न सिफारिस गरेको छ। हालै सम्पन्न भएको स्थायी कमिटीको बैठकले नेकपाको सबैभन्दा शक्तिशाली मानिने संगठन विभागमा भण्डारी सहित ज्ञानबहादुर भुजेललाई सिफारिस गर्ने निर्णय गरेको नेकपा स्थायी कमिटी सदस्य एवं प्रदेश १ का इन्चार्ज भीम आचार्यले जानकारी दिए।

भण्डारी नेकपाको केन्द्रिय सदस्य तथा धनकुटा जिल्ला इन्चार्ज हुन। भण्डारी तीन दशक यता राजनितीमा सक्रिय छन। नेकपा मसालबाट राजनितिक यात्रा सुरु गरेका भण्डारी तत्कालिन नेकपा माओवादीले गरेका जनयुद्ध हुँदै २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा धनकुटा क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए।

नेकपा एमाले र माओवादी केन्द्रको एकताअघि भण्डारी माओवादी केन्द्रको संगठन विभाग सचिव तथा पोलिटव्युरो सदस्य रहेका थिए। यस्तै भुजेल तत्कालिन एमालेका संगठन विभाग सचिव रहेका थिए।

दुई जना सदस्य थपिएसँगै नेकपाको संगठन विभाग १८ सदस्यीय हुने भएको छ। नेकपाको संगठन विभाग गठनको क्रममा प्रमुख वामदेव गौतम र उपप्रमुख जनार्दन शर्मा ‘प्रभाकर’मात्र थिए। ०७६ असोज २९ गते बसेको सचिवालय बैठकले अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई थप गरेको थियो।

यस्तै ०७६ माघ १५ देखि १९ सम्म चलेको केन्द्रीय कमिटी बैठक लगत्तै संगठन विभाग विस्तार गरिएको थियो। विभागको उपप्रमुखमा कर्णाली प्रदेशका इञ्चार्ज जनार्दन शर्मा रहेको असोज २९ गतेको सचिवालय बैठकबाट बागमती प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्य भइसकेकाले माघ १९ गते बसेको सचिवालय बैठकले अन्य ५ प्रदेशका इन्चार्जसहित केही व्यक्तिलाई थपेर १५ सदस्यीय बनाइएको थियो। त्यसबेला थपिएकाहरुमा प्रदेश ५ का इञ्चार्ज शंकर पोखरेल र गण्डकी प्रदेशका इञ्चार्ज पृथ्वीसुब्बा गुरुङ, सुदुरपश्चिम प्रदेश इञ्चार्ज भीम रावल, प्रदेश १ का इञ्चार्ज भीम आचार्य र प्रदेश २ का इञ्चार्ज सत्यनारायण मण्डल रहेका थिए।

यस्तै माघ १९ कै सचिवालय बैठकले संगठन विभागमा सुदन किराती, जगप्रसाद शर्मा, मातृका यादव, खगराज भट्ट र रेखा शर्मालाई पनि संगठ विभाग सदस्य बनाएको थियो।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।