धनकुटामा दीप-प्रज्वलन गर्दै मनाईयो संविधान दिवस

धनकुटा खबर । संविधान सभाबाट संविधान जारी भएको आज ५ वर्ष पूरा भएको दिन धनकुटा उद्योग बाणिज्य संघले दीप प्रज्वलन गर्दै मनाएको छ । धनकुटाको व्यापारिक केन्द्र हुलाक टोल स्थित ग्रिन पार्क चुवाको बोट चौकमा दीप प्रज्वलन गरी यो दिवस मनाइएको हो ।

कोरोना भाईरसको माहामारी पूर्ण रुपमा चाडै नियन्त्रण गर्न र नेपालको संविधानको पूर्ण कार्यन्वयनका तथा नियम बिनियहरु उद्योगी, व्यापारी र व्यावसायी मैत्री बन्दै उद्योग व्यापार ,व्यावसाय सञ्चालन गर्ने राम्रो वातावरण वनोस भन्ने कामना गर्दै संघले यो दिवस मनाइएको संघले जनाएको छ ।

दीप प्रज्वलन कार्यक्रममा संघका अध्यक्ष विजय सन्तोषी राई,वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग, कोषाध्यक्ष रुपेश श्रेष्ठ, कार्यलय सचिव सिचन प्रधान, होटल एशोसिएसन धनकुटाका सचिव जयमणी घिमिरे लगायतको उपस्थिती थियो । नेपालका तत्कालिन राष्ट्रपति डा रामवरण यादवद्धारा नेपालको संविधान २०७२ अशोज ३ गतेबाट लागु भएको घोषणा गरिएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।