धनकुटामा कोरोनाको पछिल्लो विवरण
धनकुटा,६ असोज । धनकुटा नगरपालिका ६ की कोरोना संक्रमित महिलाको सम्पर्कमा रहेका १८ जनाको रिपोट नेगेटिभ आएको स्वाथ्य कार्यलय धनकुटाका प्रमुख तुलसीप्रसाद गुराँगाईले जानकारी दिनु भयो ।
धनकुटामा आज सम्म पिसिआर विधीद्धरा.२ हजार १ सय ४४जनाको कोरोना परिक्षण गरिएकोमा २ हजार ९९ जनाको रिपोट नेगेटिभ आएको छ भने ४५ जनाको रिपोट पोजेटिभ आएको र पोजेटिभ आएका मध्ये पनि ४३ जना उपचार पछि निको भएको स्वाथ्य कार्यलय धनकुटाका प्रमुख तुलसीप्रसाद गुराँगाईले जानकारी दिनु भयो ।
२ जना धनकुटाको औद्योगिक ग्रामको आइसुलेसनमा उपचारको क्रममा रहेको स्वाथ्य कार्यलय धनकुटाले जनाएको छ ।


