धनकुटा जिल्लामा पिसिआर विधिबाट कोरोना जाच गरिएकाहरुको संख्या २ हजार १ सय ४४
आश्विन ६,धनकुटा । धनकुटा जिल्लामा पिसिआर विधिबाट कोरोना जाच गरिएकाहरुको संख्या २ हजार १ सय ४४ पुगेको छ ।
अशोज ४ गते धनकुटा नगरपालिका ६ की कोरोना संक्रमितको सम्पर्कमा आएका १८ जनाको नमूनाको रिपोर्ट आज प्राप्त भए सँगै यो विधिबाट कोरोना जाच गरिएकाहरुको संख्या २ हजार १ सय ४४ जना पुगेको स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ ।
उनिहरु सबैको नतिजा नेगेटिभ प्राप्त भएको स्वास्थ्य कार्यलय प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो । पिसिआर विधिबाट कोरोना जाच गरिएकाहरु मध्ये अहिले सम्मको रिपोर्ट अनुसार ४५ जनाको पोजिटिभ र २ हजार ९९ जनाको नेगेटिभ नतिजा प्राप्त भएको छ ।
पोजिटिभ नतिजा आएका मध्ये पनि निको भएकाहरुको संख्या ४३ पुगेको छ । सक्रिय संक्रमित २ जनाको धनकुटा अस्पतालको आईसोलेसनमा उपचार भईरहेको छ ।


