पहिरो पीडितलाई कांग्रेस धनकुटाले गर्यो आर्थिक सहयोग

धनकुटा खबर । धनकुटाको महालक्ष्मी नगरपालिका ९ का पहिरो पीडित परिवारलाई नेपाली कांग्रेस धनकुटाले आर्थिक सहयोग गरेको छ ।

अविरल बर्षातको कारण जनधन गुमाएका सो नगरपालिका ९ का नेपाली कांग्रेसका पुराना नेता एवम् द्धन्द्ध पीडित टाङ्ग वहादुर आङ्लाका परिवारलाई नेपाली कांग्रेस धनकुटाले तत्कालका लागि ११ हजार ५ सय ५ रुपैया आर्थिक सहयोग गरेको हो ।

वर्षातको कारण पहिरो झर्दा हिजो टाङ्ग वहादुरको घर भत्किएको थियो भने उनका छोरा धन वहादुर आङ्लाको ७ महिनाको छोरी गंगा आङ्लाको पहिरोले पुरिएर निधन भएको थियो ।

पशु, चौपाया र अन्न,भाडा वर्तन समेत पुरिएको थियो । पीडित परिवारलाई अहिले तत्कालका लागि ११ हजार ५ सय ५ रुपयाँ सहयोग गरिएको पछि थप सहयोग गरिने नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले जानकारी दिनुभयो ।

सहयोग रकम १ नं प्रदेश सांसद लिला सुब्बा,संविधान सभाका सदस्य अञ्जना ताम्ली,पार्टीका जिल्ला सभापति अग्नी प्रसाद पौडेल लगायतले धन वहादुरलाई हस्तान्तरण गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।