धनकुटामा कोरोना : संक्रमितकाे सम्पर्कमा आएकाहरुकाे पिसिआर विराटनगर पठाईयो
धनकुटा । धनकुटाकाे चाैविसे गाउँपालिका १ कि काेभिड संक्रमितकाे सम्पर्कमा आएकाहरुकाे आज पिसिआर नमूना संकलन गरी काेराेना जाचका लागि पठाईएकाे छ ।
उनकाे सम्पर्कमा आएका १७ जनाकाे पिसिआर नमूना जन स्वास्थ्य प्रयाेगशाला विराटनगर पठाईएकाे स्वास्थ्य कार्यलय धनकुटाले जनाएकाे छ । उनिहरुकाे नतिजा पर्सि सम्ममा आउने स्वास्थ्य कार्यलय प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयाे ।
स्वास्थ्य कार्यलयकाे विवरण अनुसार अहिले सम्म पिसिआर विधिबाट जिल्लाका २ हजार १ सय ६१ जनाकाे काेरा परिक्षण गरिएका मध्ये ४५ जनाकाे रिपाेर्ट पाेजेटिभ आएकाे छ ।
२ हजार ९९ जनाकाे नेगेटिभ रिपाेर्ट आएकाे छ । पाेजिटिभ नतिजा आएका मध्ये ४३ जना निकाे भईसकेका छन् । सक्रिय संक्रमित २ जना धनकुटा अस्पतालकाे आईसाेलेसनमा उपचाररत छन ।


