लेदो झरेर धरान धनकुटा सडक अबरुद्द! – सडक खुलाउन पहल
धनकुटा खबर । काेशी लाेकमार्ग अन्तर्गत धरान धनकुटाकाे सागुरिगढी गाउपालिका ६ घण्टेमा सडक माथिबाट लेदाे झरेर सडक अवरुद्व भएकाे छ ।

अविरल वर्षातकाे कारण झरेकाे लेदाेले विहान ११ वजेदेखी सडक अवरुद्व भएकाे जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटाले जनाएकाे छ । लेदाेले पुरिएकाे सडक खुलाउनका लागि पहल भईरहेकाे जनाईएकाे छ ।
त्यस्तै रुद्रवारीमा पनि सडक एकतर्फि रुपमा मात्र सवारी सञ्चालन भईरहेकाे जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएकाे छ । (फाईल फोटो)


