बर्षाले धनकुटाको बिहिबारे हटिया छेऊको घर पनि भ,त्कियो – १५ लाख वरावरको क्ष ति
धनकुटा खबर । अविरल वर्षातको कारण धनकुटाको धनकुटा नगरपालिका वडा नं ५ बिहिबारे हटियाका चान बहादुर लिम्बुको घर भ,त्किदा १५ लाख वरावरको क्ष,ति भएको छ ।

ढुंगा, माटो र इट्टाले बनेको टिनको छाना भएको २ तले कच्ची घर भ,त्किदा १५ लाख बराबरको क्ष,ति भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ । मध्यन्न १२:२० वजेतिर उनको घर भ,त्किएको हो ।
घर भित्र रहेको लत्ता कपडा,सरसामान र काठहरु वाहिर निकालिएको छ । घ,टनामा कुनै मानविय क्ष,ति भएको छैन ।


