धनकुटामा वालले घर पुर्दा पूर्ण रुपमा क्ष ति
धनकुटा खबर । अबिरल बर्षाको कारण धनकुटा नगरपालिका ५ छुङदेन टोलका राजकुमार राईको छोरा लिला बहादुर राईको ढुंगामाटोले बनेको टिनको छानो भएको १ तले घरको कुनामा रहेको ढुंगामाटोले बनाएको वाल भत्की वालले घर पुर्दा पूर्ण रुपमा क्ष,ति पुगेको छ ।

सोही स्थानमा ढुंगामाटोले बनेको टिनको छानो भएको २ तले घरको बारदलि समेत भत्की घरको वालहरु चर्किएको र चर्किएको घर भित्र रहेको सरसामानहरु सूरक्षित स्थानमा सारिएको छ भने मानविय तथा चौपाया क्ष,ति नभएको प्रहरीले जनाएको छ ।
घर भित्र रहेको १० वटा कुखुरा, खाधन्न, सरसामान, लत्तकपडा, पुरिदा ३५ लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यलयबाट ३ किलो मिटर पुर्व तर्फ पर्ने यो घ,टना स्थलमा जिल्ला प्रहरी कार्यलय धनकुटाबाट प्रहरी नायव निरिक्षको नेतृत्वमा टोलि खटिएर उद्धार कार्य भई रहेको जनाईएको छ ।


