अविरल बर्षाले धनकुटाका विभिन्न स्थानमा घर भ,त्किदा ५७ लाख बराबरको क्ष ति
धनकुटा खबर । आज परेको अविरल बर्षाका कारण धनकुटा जिल्लाका विभिन्न स्थानमा घर भ,त्किदा ५७ लाख बराबरको क्ष,ति भएको छ ।
जस्मा धनकुटा नगरपालिका ५ छुङदेनका लिला बहादुर लिम्बुको पर्खालले घर पुरिदा घर भित्र रहेको खाधन्न, सरसामान, लत्तकपडा कुखुरा लगायत पुरिदा पैंतिस लाख बराबरको क्ष,ति भएकोजिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
त्यस्तै धनकुटाको महालक्ष्मी नगरपालिका ५ रामबजारका विजय साहको घर भत्कदा सात लाख बराबरको क्ष,ति भएको छ । यता धनकुटा नगरपालिका ५ बिहिबारे हटियामा नजिक बस्ने चान बहादुर लिम्बु घर भत्कदा १५ लाख बराबरको क्षेति भएको छ प्रहरीको प्रारम्भिक अनुमान छ ।


