व्यावसायी र उद्योग मैत्री कानून तथा नियम बनाई सहयोग गर्न आग्रह

धनकुटा खबर । धनकुटाका उद्योगी व्यापारी र व्यावसायीले जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सांषदहरुलाई उद्योगमैत्री कानुन, नियम बनाई सहयोग गर्न आग्रह गरेका छन ।

कोरोना महामारीको कारण धनकुटाका उद्योग व्यापार तथा व्यावसाय संकटमा परेको भन्दै उनिहरुले आज प्रदेश सभा सांषदहरु समक्ष त्यस्तो आग्रह गरेका हुन् । उनिहरुले वृद्धी गरिएको दर्ता तथा नविकरण दस्तुर घटाउन समेत पहल गरी दिन माग गरेका छन् ।

धनकुटा उद्योग बाणिज्य संघ धनकुटाले आयोजना गरेको धनकुटाबाट प्रतिनिधित्व गर्नुहुने प्रदेश सांसदहरुसँग धनकुटाको उद्योग व्यापार र व्यावसायको अवस्था विषयक छलफलमा व्यावसायीहरुले कोरोना भाईरसका कारण संकटमा परेका उद्योग व्यावसायलाई माथि उकास्न विशेष प्याकेज कार्यक्रम ल्याउन र व्यावसायीमैत्री नियम कानुन बनाउन भनेकाछन् ।

छलफलमा १ नं प्रदेशका न्याय प्रशासन तथा विद्यायन समितिका सभापति इन्द्रमणी पराजुलीले मुलुकको अर्थतन्त्रको महत्वपूर्ण पाटो उद्योग व्यावसाय भएकाले यसको संवद्र्धन र प्रवद्र्धन हुने कानुन नियम बनाउने वताउनु भयो ।

त्यस्तै प्रदेश सभाका सांसदहरु निरन राई,कुसुम कुमारी श्रेष्ठ,लिला सुब्बाले लक डाउनका कारण समस्यामा परिरहेका उद्योग व्यापार,व्यावसाय क्षेत्रलाई माथि उकास्न नीति नियम बनाई सहयोग गर्ने वताएकाछन् ।

संघका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षमा सञ्चालित छलफलमा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,घरेलु तथा साना उद्योग कार्यालय धनकुटका प्रमुख दिनेश ढुंगाना,नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटका महासचिव जयन्द्र प्रधानले अहिलको धनकुटाको उद्योग व्यापार,व्यावासायको अवस्थाको वारेमा प्रकाश पारेका थिए ।

स्वागत मन्तव्य संघका वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्गले राख्नुभएको भएको थियो भने सञ्चालन महासचिव राम वहादुर गोङ्वा तामाङ्गले गर्नु भएको थियो । सोही अवसरमा उद्योग बाणिज्य संघको तर्फबाट प्रदेश सरकारले उद्योग,व्यावसाय तथा फर्म दर्ता तथा नविकरण शुल्कमा बृद्धी गरिएको रकम घटाई यस पटक ७५ प्रतिशत छुट दिन प्रदेश सकार समक्ष पहल गरी दिन अनुरोध पत्र समेत बुझाईएको छ ।

साना उद्योग तथा व्यावसाय फर्म दर्ता गर्दा पहिला कम्तिमा एक हजार रुपैया र नविकरण गर्दा तीन सय रुपैया दस्तुर लिदै आएकोमा अहिल जृद्धी गरी कम्तीमा दर्ता शूल्क दुई हजार रुपैयाँ र नविकरण शूल्क समेत दुई हजार रुपैया लिने प्रदेश सकारले व्यवस्था गरेकोले यसलाई घटाई ७५ प्रतिशत छुट गर्न धनकुटा उद्योग बाणिज्य संघले माग गर्दै आएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।