‘वैबाहिक स्थितिका आधारमा विभेद नगरौँ’

धनकुटा खबर । ‘वैबाहिक स्थितिका आधारमा विभेद नगरौँ’ भन्ने मूल नाराका साथ मानव अधिकारका लागि महिला, एकल महिला समूह धनकुटाको चौथो साधरण सभा आज सम्पन्न भएको छ ।

समूहकी अध्यक्ष मिना कुमारी राईको अध्यक्षतामा सम्पन्न सभालाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य लिला सुब्बाले सबै एकल महिलाहरु मिलेर अगाडी बढे मात्र सफलता प्राप्त हुने बताउनु भयो । उहाँले एकल महिला समूहले गरेको प्रशासनिक कार्य प्रति खुशी व्यक्त गर्दै आउँदा दिनहरुमा आफ्नाे तर्फबाट सक्दो सहयोग गर्ने बताउनु भयो ।

सभामा आर्थिक प्रतिबेदन समूहकी सदस्य यज्ञ कुमारी श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो भने सांगठनिक प्रतिवेदन र भावी योजन समूहकी अध्यक्ष राईले प्रस्तुत गर्नु भएको थियो । सभामा आजिवन सदस्यहरुलाई प्रमाण पत्र वितरण गरीएको थियो भने लामो समय देखि समूहमा आवद्ध तुलसा दाहाललाई सम्मान गरीएको थियो ।

सभामा प्रदेश सभा सदस्य तथा समूहकी प्रमुख सल्लाकार अनञ्जना ताम्ली, ५ नं वडा सदस्य सिता प्रधान र एकल महिलाहरुको उपस्थिति थियो । स्वागत् मन्तव्य समुहकी उपाध्यक्ष ईश्वरी श्रेष्ठले राख्नु भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।