धनकुटामा कोरोनाको पछिल्लो विवरण यस्तो छ
धनकुटा १२,असोज । धनकुटामा आज सम्ममा २ हजार १ सय ६३ जनाको पिसिआर विधी द्धरा कोरोनाको परिक्षण गरिएको छ ।

जसमध्ये ४५ जनाको रिपोट पोजेटिभ आएको छ भने २ हजार १ सय १६ जनाको रिपोट नेगेटिभ आएको स्वाथ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुराँगाईले जानकारी दिनु भयो ।
पठाइएका मध्ये २ जनाको रिपोट भने आउन बाँकी रहेको प्रमुख गुराँगाईको भनाई थियो । पोजिटिभ रिपोट आएका मध्ये ४३जना निको भइ सकेका छन्।


