राहत वितरण गर्दै धनकुटामा मनाइयो जेष्ठ नागरिक दिवस

धनकुटा खबर, १५ असोज । आज अन्र्तराष्टीय जेष्ठ नागरिक दिवसको अवसरमा जेष्ठ नागरिक संघ धनकुटा नगरपालिका ७ वडा समितीले एक कार्यक्रम गरी अन्र्तराष्टीय जेष्ठ नागरिक दिवस मनाएको छ ।

जेष्ठ नागरिकलाई अभिन्नदन र कोभिड १९का कारण समस्यामा परेका ५ जना व्याक्तिलाई राहत वितरण गर्दै जेष्ठ नागरिक संघ ७ नम्बर वडा समितीले दिवश मनाएको जेष्ठ नागरिक संघ धनकुटा ७ का अध्यक्ष बुद्धिकान्त घिमिर जानकारी दिनु भयो ।

कार्यक्रमको प्रमुख अतिथी जेष्ठ नागरिक जिल्ला संघ धनकुटाकी उपाध्यक्ष जया राइले गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य सीता बस्नेतले राख्नु भएको थियो । कार्यक्रको संचालन जेष्ठ नागरिक संघ वडा न ७ का सचिव रामबहादुर श्रेष्ठले गर्नु भएको थियो ।

धनकुटा नगरपालिका ७ होटल परिचयका संस्थापक नारायण मानन्धर लाई सम्मान गरिएको थियो । प्रमुख अतिथी जेष्ठ नागरिक संघ धनकुटाका उपाध्यक्ष जया राईले जेष्ठ नागरिक संघ ७ नम्बर वडा कार्यलयले गरेको कार्य अत्यन्तै सह्रानिय बताउँनु भयो । कार्यक्रको सभापतित्व अध्यक्ष बुद्धिकान्त घिमिरेले गर्नु भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।