पाख्रीबासमा कांग्रेसको पक्षमा जनलहर आयो – कांग्रेस धनकुटा

धनकुटा खबर । धनकुटाको पाख्रीवासमा नेपाली कांग्रेसको पक्षमा जनलहर आएको वताईएकाे छ । पाख्रीवासमा आज आयोजित कांग्रेसको वृहत भेला तथा नगर कार्य समितिको कार्यालय उद्घाटन कार्यक्रममा वाेल्ने वक्ताहरुले त्यस्ताे वताएका हुन् ।

साे अवसरमा पार्टीकाे संगठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसका नेता तथा कार्यकर्ताहरुले ५ लाख ५३ हजार ५ सय रुपैया सहयोग गर्ने घोषणा गरेका छन् । विगतमा पाख्रीवास नगरमा कमजोर रहेको कांग्रेसको संगठनमा अहिले दिनप्रतिदिन सयौको संख्यामा अन्य पार्टीबाट प्रवेश गर्नेहरुको जनलहर बढ्दै गएको त्यहाका स्थानीय नेताहरुले वताएका छन् ।

पार्टीका जिल्ला सभापति अग्नी प्रसाद पौडेलले पाख्रिवास नगर कार्यसमितिको कार्यालयको उद्घाटन गर्दै कांग्रेसले अहिले नविनतम ढंगबाट संगठन विस्तार र सुदृढीकरण गर्दै गएकाले कांग्रेसको पक्षमा जिल्ला व्यापी जनहर आएको वताउनु भयो । त्यस्तै महासमिति सदस्य नेता आनन्द सन्तोषी राईले कांग्रेसको विकल्प नभएको वताउनु भयो ।

नेपाली कांग्रेस पाख्रिवास नगरका नेता तथा जेष्ठ अभिभावक भक्त वहादुर गुरुङ्गको अध्यक्षतमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई ,जिल्ला सदस्यहरु ज्ञानु गुरुङ्ग,निर्मल ओझा लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेकपा पाख्रीवास नगर समितिका सदस्य पूर्ण वहादुर थापा लगायत विभिन्न पार्टीबाट हिजो र आज गरी ९३ जना भन्दा बढी नेपाली कांग्रेसमा प्रवेश गरेकाे र अहिले सम्म पाख्रिवासभरीबाट अन्य पार्टी परित्याग गरी १ हजार ४ सय १७ जना कांग्रेसमा प्रवेश गरी सकेको नेपाली कांग्रेस पाख्रिवासका उपसभापति प्रेम भण्डारीले जानकारी दिनुभयो ।

कार्यक्रममा पार्टीको विधान र क्रियाशिल सदस्यता वितरण सम्वन्धि जिल्ला सचिव विजय सन्तोषी राई र संगठन विस्तार सम्वन्धमा जिल्ला सदस्य जयन्द्र घिसिङ्गले सहजीकरण गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।