ट्युमर पलाएर थलिएका धनकुटाका ढुंगानालाई देश-विदेशबाट सहयोग – ३ लाख ५७ हजार ८ सय रुपैया प्रदान गरियो

धनकुटा खबर । ढाडको नसामा ट्युमर पलाएपछि अप्रशन गरेर थलिएका धनकुटाका बोधनाथ ढुंगानाको उपचारका लागि देश विदेशबाट संकलित ३ लाख ५७ हजार ८ सय रुपैया नगद प्रदान गरिएको छ ।

धनकुटाको चौविसे गाउँपालिका वडा नं ४ घर भई हाल धनकुटा नगरपालिका ७ मदनचोकमा बस्दै आउनुभएका उहाको एक वर्ष अघि विराटनगरको नोबेल अस्पतालमा अप्रेशन गरिएको थियो । ४० वर्षे ढुंगानाको अप्रशनपछि अहिलेसम्म कम्मर मुनिको सबै अंग चल्न सकेको छैन ।

पारिवारिक स्थिती कमजोर रहेका ढुंगानाको उपचारका लागि आर्थिक अभाव भएपछि विश्वका विभिन्न ठाउँमा रहेको नेपालीहरुबाट संकलित सो रकम ढुंगानालाई प्रदान गरिएको हो ।

कागते समाज धनकुटा नगरपालिका वडा नं. ३ को अगुवाईमा संकलन गरिएको सहयोग रकम धनकुटा नगरपालिका वडा नं ३ का वडाध्यक्ष विकास घिमिरेले हस्तान्तरण गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖