पेशागत हक-अधिकारका लागि शिक्षकहरु एकजुट हुनु आवश्यक
धनकुटा खबर । पेशागत हक अधिकारका लागि शिक्षकहरु एकजुट हुनु पर्ने एक कार्यक्रमका वक्ताहरुले वताएको छन् ।
नेपाली कांग्रेस धनकुटाद्धारा आज धनकुटामा आयोजित शिक्षकहरुको समस्या र समाधान विषयक अन्र्तक्रिया तथा छलफलमा नेपाल शिक्षक संघ धनकुटाका पदाधिकारी एवम् सदस्यहरुले त्यस्तो वताएका हुन् । अन्तरक्रियामा नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेलले शिक्षा क्षेत्रमा अहिले चरम राजनीतिकरण भैरहेका भन्दै यसको अन्त्य गर्नु पर्नेमा जोड दिनु भयो ।

त्यस्तै पार्टीका जिल्ला सचिव विजय सन्तोषी राई, जिल्ला सदस्यहरु निर्मल ओझा,खेम पौडेल ,विष्णु पौडेल ,धनकुटा नगर कार्य समितिका सभापति रोशन श्रेष्ठ,यूवा नेता धिरेन्द्र मिश्र लगायतले शिक्षालाई राजनीतिबाट मुक्त राख्दै गुणस्तरिय शिक्षामा जोड दिनु पर्ने धारण राखेका छन् । उनिहरुले शिक्षकहरुको पेशागत हकि अधिकारका लागि कांग्रेसले सहयोग गर्ने समेत वताएकाछन् ।
नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष धिरेन्द्र वहादुर लिम्बु, नेपाल शिक्षक संघ धनकुटा नगर कार्य समितिका अध्यक्ष राम वहादुर श्रेष्ठ, छथरजोरपाटी गाउपालिका कार्य समितिका अध्यक्ष हरी प्रसाद दाहाल,सागुरीगढी गाउपालिका कार्य समितिका अध्यक्ष कुल प्रसाद दाहाल लगायत शिक्षकहरुले विद्यामान शिक्षकहरुको समस्याको वारेमा जानकारी गराएका थिए ।


