धनकुटामा आज फेरी थप एक जनामा कोरोना संक्रमण पुष्टि
आश्विन १९,धनकुटा । धनकुटामा आज फेरी थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटा नगरपालिका वडा नं ३ का ६१ वर्ष की महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उहाँ सामान्य बिरामी भए पछि जिल्ला अस्पताल धनकुटामा उपचार गराउन पुग्नुभएको थियो। उहाँको अवस्था जटिल बन्दै गएपछि अस्पतालले विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरेको हो ।
त्यहाँ उहाँको स्वाब संकलन गरी परिक्षण गरिएकोमा आज रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनु भयो । यो सँगै जिल्लामा कोरोना पोजेटिभ रिपोर्ट आउनेको संख्या ४७ पुगेको छ ।
पोजेटिभ रिपोर्ट आएका मध्ये ४५ जना निको भै सकेका छन् । सक्रिय संक्रमित २ जना विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत छन् ।


