५ महिना बढीको घर भाडा छुट गरेकोमा धनकुटाका मेयर सहित नगरपालिका सम्मानित !

धनकुटा खबर । धनकुटा उद्योग बाणिज्य संघले आज धनकुटा बसपार्कमा रहेको व्यापारिक भवनहरुको साढे पाच महिना भन्दा बढीको घर भाडा छुट गरेको प्रति धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तमाङ्ग लगायत धनकुटा नगरपालिकालाई सम्मान गरेको छ ।

कोरोना भाईरस नियन्त्रणका लागि सकारले आह्वान गरेको लक डाउन समयमा धनकुटा बसपार्क क्षेत्रको व्यपारी भवनहरुको भाडा व्यापारी तथा व्यावसायीका लागि नगरपालिकाले छुट गरेकोमा मेयर तामाङ्गलाई संघको तर्फबाट सम्मान गरिएको हो ।

उहाँलाई धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग,महासचिव राम वहादुर गोङ्वा तामाङ्ग,कार्यकारी सदस्यहरु अम्विका धमला,सुनिता तामाङ्ग,कर्मचारी मुकेस राई लगायतले दोसल्ला, खादा तथा टिका लगाई सम्मान गरेका थिए ।

धनकुटा नगरपालिकाले धनकुटा बसपार्कमा रहेका व्यापारिक भवनहरुको गत २०७६ चैत्र ११ गते देखी २०७७ भाद्र मसान्त सम्म गरी ५ महिना बीस दिनको १२ लाख रुपैया भन्दा बढीको भाडा र १२ लाख भन्दा बढीको हटिया,पार्किङ्ग लगायत ठेक्का लगाएको विभिन्न शिर्षकहरुको ठेक्कामा गरी थप १२ लाख गरी जम्मा २४ लाख भन्दा बढीको छुट दिएको धनकुटा नगरपालिका राजश्व शाखाका राजश्व अधिकृत राजु गुरागाईले वताउनु भयो ।

धनकुटा नगरपालिकाले व्यावसाय कर र घर वहाल करमा २५ प्रतिशत तथा व्यवसायीहरुबाट लिईदै आएको सरसफाई करमा समेत २० प्रतिशत छुट गरेको गुरागाईले वताउनु भयो । सो अवसरमा नगर प्रमुख तामाङ्गले नीजि क्षेत्रको स-शक्त संगठनको रुपमा रहेको धनकुटाको विकास र समृद्धीको लागि धनकुटा उद्योग बाणिज्य संघको कार्यक्रमहरुमा सहयोग गर्ने वताउनु भयो । भने संघका अध्यक्ष राईले भाडा छुट गरी व्यावासायीहरुलाई महत्वपूर्ण सहयोग गर्नु भएकोमा मेयर तामाङ्ग सहित धनकुटा नगरपालिका परिवारलाई धन्यवाद ज्ञापन गर्दै कर शिक्षा सञ्चालनका लागि सहयोग गर्न आग्रह गर्नु भयो ।

धनकुटा जिल्लामा अहिले सम्म धनकुटा नगरपालिका लगायत ३ सय २४ जना मनकारी घरधनी,धनकुटा अस्पताल, नेपाल पत्रकार महासंघ धनकुटा,नेपाल भूतपूर्व सैनिक संघ धनकुटा,श्री त्रिवेणी मावि धनकुटा, नेपाल निर्माण व्यावसायी संघ धनकुटा,समाज कल्याण संस्था धनकुटा ७ ले व्यापारी तथा व्यावायीहरुलाई भाडा छुट गरि महत्वपूर्ण सहयोग पुर्याएको संघले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।