शिक्षण सिकाईमा देखिएको समस्या र समाधानको विषयमा धनकुटामा छलफल

धनकुटा खबर । धनकुटा उद्योग बाणिज्य संघले आज जिल्लामा शिक्षण सिकाईमा देखिएको समस्या र समाधानको विषयमा प्यापसन, एन प्यापसन धनकुटाका पदाधिकारी र प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेको छ ।

शूरुमा प्याव्सन, एनप्याप्सन र उद्योग वाणिज्य संघ वीछ छलफल भएपछि डेलिगेशन गई अहिले विद्यालयहरु बन्द रहेको वेला बैकल्पिक प्रणालीबाट विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ अनुसार विद्यार्थीहरुको कक्षा सञ्चालनको वारेमा प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमली सँग प्याव्सन,एनप्याप्सनका पदाधिकारी र संघले छलफल गरेको हो ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षमा सञ्चालित छलफलमा संघका वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग र महासचिव राम वहादुर गोङ्वा तमाङ्गले धनकुटामा वैकल्पिक प्रणालीबाट शिक्षण सिकाई सञ्चालन गर्न संघले सहयोग गर्ने वताएका थिए ।

प्याव्सन धनकुटाका निवर्तमान अध्यक्ष तथा सल्लाकार ज्ञान वहादुर गुरुङ्ग,वर्तमान अध्यक्ष प्रेम सुब्बा,एन प्यापसनका निर्वतमान अध्यक्ष तथा १ नं प्रदेश कार्य समितिका सचिव राजन पौडेल, वर्तमान अध्यक्ष दिनेश भण्डारी,प्याव्सन धनकुटाका उपाध्यक्ष दुर्गा लुईटेल लगायतले सिकाई निर्देशिका बमोजि विद्यालय सञ्चालन गर्न पाउनु पर्नेमा जोड दिएका थिए ।

जिल्लामा वैकल्पिक शिक्षण सिकाई प्रणाली बाट विद्यार्थीको सिकाई सहजीकरण निर्देशिकामा व्यवस्था भए अनुसार रेडियो टि भी , इन्टरनेट ,जुमबाट कक्षा सञ्चालन गर्ने, यसको पहुँच नभएका स्थानमा सिकाई केन्द्रहरु स्थापना गरी विद्यालयहरुले कक्षा सञ्चालन गर्ने भएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष राईले वताउनु भयो ।

त्यस्तै विद्यालयहरुले सिकाई कक्षा सञ्चालन गर्दा सामाजिक दुरी कायम गरी माक्स,सेनिटाईजर ,शिल,पञ्जा लगायतका सूरक्षित स्वास्थ्य समाग्री अनिवार्य प्रयोग गर्ने एन प्यापसन धनकुटाका निर्वतमान अध्यक्ष पौडेलले वताउनु भयो ।

धनकुटा जिल्लाका नीजि विद्यालयहरु पनि धनकुटा उद्योग बाणिज्य संघमाआवद्ध भएकाले संघले विद्यालय सञ्चालनमा पहल गरी सहजीकरण गर्दै आईरहेको उद्योग वाणिज्य संघले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।