चाड पर्व नजिकिएसँगै पाख्रीबासमा बजार अनुगमन, समय सकिएका पेय पदार्थ न ष्ट
धनकुटा खबर । चाड पर्व नजिकिएसँगै वजार अनुगमन कार्यलाई तिव्रता दिएको पाख्रीवास नगरपालिकाले अनुगमनको क्रममा आज विभिन्न स्थानका पसलमा फेला परेका उपभोग्य समय सकिएका पेय पदार्थ नष्ट गरेको छ ।
नगरपालिका सहित उद्योग वाणिज्य संघ पाख्रीवास र सूरक्षा कर्मी सम्मिलित अनुगमन टोलिले सुनवालुवामा सञ्चालित पसलहरुमा रहेका उपभोग्य म्याद नाघेका ३५ वटा रेडवुल, कट्टेल डाँडामा ६ सय एमएल को १५ वोतल र पाख्रीवास वजार फलाटे जाने बाटो साईडका पसलहरुमा फेला परेका ६ सय एमएल कै ३५ वोतल ड्यु नष्ट गरेको नगरपालिकाका राजश्व शाखा प्रमुख खेमचन्द्र वस्तिले जानकारी दिनुभयो ।


नगरपालिकाका प्रशासन शाखा प्रमुख सत्यनारायण राईको नेतृत्वमा खटिएको अनुगमन टोलिले पाख्रीवास ८ को सुनबालुवा, मुगा,कट्टेल डाँडा र पाख्रिबास बजारका २५ पसलको अनुगमन गरेको थियो ।


