कांग्रेस धनकुटाकी नेतृ निर्मलाको नि ध न
धनकुटा खबर । नेपाली कांग्रेस धनकुटा नगरकी नेतृ निर्मला मिश्रको नि,धन भएको छ । लामो समय देखी मुटुको समस्याले पी,डित मिश्रको गएराती ५५ वर्षको उमेरमा नि,धन भएको हो ।
स्व मिश्रको पार्थिम शरिरमा पार्टीको चार झण्डा ओढाएर सम्मान पूर्वक आज धनकुटाको मुलघा,ट स्थित तमोर नदीमा अ,न्त्यष्टि गरिएको छ । पार्टीका जिल्ला सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई, लगायतले स्व नेतृ मिश्रको पार्थिव शिररमा पार्टीको झण्डा ओढाई सम्मान गदैै अन्तिम श्र,द्धाञ्जली अर्पण गरेका थिए ।
नेपाली कांग्रेस धनकुटा नगरका नेता तथा नेपाल महिला संघ धनकुटाका सदस्यको जिम्मेवारी लिएर पार्टीमा काम गर्दै आउनु भएकी स्व मिश्र २०७४ सालको स्थानीय तहको निर्वाचनमा धनकुटा नगरपालिका वडा नं ३ मा महिला सदस्यको उम्मेद्धार समेत रहनु भएको थियो ।
पार्टीको एक सच्चा इमान्दार नेता, कुशल संगठनकर्ता एवम् सामाजिक अभियान्त समेत रहनुभएका नेतृ मिश्रको असमायिक नि,धनले पार्टीको जिल्ला कमिटीलाई अपुरणीय क्षती पुगेको नेपाली कांग्रेस धनकुटाले जनाएको छ । स्व नेतृ मिश्रको परिवारमा श्रीमान, दुई छोरा र दुई छोरीहरु छन् ।


