धनकुटाका दैवी प्र,कोप पी,डित ५ परिवारलाई सहयोग
धनकुटा खबर । दैवी प्रकोपका कारण पी,डित धनकुटाका ५ परिवारलाई धनकुटा उद्योग बाणिज्य संघले सहयोग गरेको छ ।
संघले जिल्लाको महलक्ष्मी नगरपालिका वडा नं ९ मूर्तीढुंगाका पहिरोबाट धनजन गुमाएका टाङ्ग वहादुर आङ्ला र उनका छोरा धन वहादुर आङ्लालाई दैनिक उपभोग्य समाग्री प्रदान गरि सहयोग गरेको हो ।
संघले यसअघि शहिदभूमी गाउँपालिकाका २ र सागुरीगढी गाउँपालिकाका १ गरी जम्मा ३ जना दैवि प्रकोपको कारण पी,डित भएका परिवारलाई रात उपलब्ध गराएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिनुभयो ।

सहयोग स्वरुप पी,डित परिवार लाई तत्कालका लागि चामल, तेल, नून, सावुन, चिनी, दाल लगायतका खाद्य समाग्री प्रदान गरिएको संघका कार्यालय सचिव सचिन प्रधानले वताउनुभयो ।
बाढी, पहिरो, आ,गलागी, बर्षा, भू,कम्प जस्ता दैवीप्रकोपका कारण पी,डित भएकाहरुलाई संघले खाद्यान्न लगायत दैनिक उपभोग्य समाग्री सहयोग स्वरुप उपलब्ब गराउदै आईरहेको संघले जनाएको छ ।


