समाजसेवी एवं कांग्रेस धनकुटाकी सदस्य स्व.सविता राई प्रति समवेदना व्यक्त!
धनकुटा खबर । नेपाली कांग्रेस धनकुटाका क्रियाशिल सदस्य तथा समाजसेवी स्व.सविता राई प्रति नेपाली कांग्रेस धनकुटाले श्रद्धाञ्जली अर्पण तथा उहाँको परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
जिल्लाको सागुरीगढी गाउँपालिका १ तेम्वाङ्ग बुढीमोङ्गकी समाजसेवी स्व सविता प्रति आज तेम्वाङ्गमा एक कार्यक्रमको आयोजना गरी नेपाली कांग्रेस धनकुटाले श्रद्धाञ्जली अर्पण गरेको हो ।

कार्यक्रममा पार्टीका जिल्ला सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,जिल्ला सदस्यहरु कमोठ फागो, महोन वान्तवा,मान प्रसाद इङ्गनाम,नेपालधन राई,रमेश इवाहाङ्ग,हर्कसिंह राई,पृती वान्तवा,नेपाल महिला संघकी पूर्व केन्द्रिय सदस्य टिका भण्डारीले समाजसेवी सविताको निधनले नेपाली कांग्रेसलाई अपुरणिय क्षती पुगेको वताएकाछन् ।
कार्यक्रममा पार्टीका सागुरीगढी गाउपालिका वडा नं १ का सभापति भुपेन राई,वडा नं २ का सभापति योगेन्द्र इवाहाङ्ग,वडा नं ९ का सभापति भुपाल राई, नेपाल महिला संघकी गिता चेम्जोङ्ग,ज्ञानु लिम्बु,नेपाली कांग्रेस बुढीमोरगका यूवा नेताहरु निर्देश लिम्बु,आईत लिम्बु,लक्ष्मी लिम्बु,सविन राईले समेत परिवारजनमा समवेदना पत्र प्रदान गरेका थिए । उहाँको तीन दिन अघि अल्पायुमै असामयीक निधन भएको थियो । स्व. सविताको परिवारमा बुबा,आमा, दिदी, भाई र बुहारी छन् ।


