आज फेरि धनकुटाका ३ जनामा काेराेना संक्रमण पुष्टि !

धनकुटा खबर । धनकुटाका ३ जना व्यक्तिमा आज फेरि काेराेना संक्रमण पुष्टि भएकाे छ । केही दिन अघि जिल्लाकाे साँगुरीगढी गाउँपालिकाबाट १७ जनाकाे पिसिआर नमूना संकलन गरि विराटनगर पठाईएकाे मध्ये ३ जनाकाे पाेजिटिभ नतिजा आएकाे स्वास्थ्य कार्यलय धनकुटाले जनाएकाे छ ।

अन्य १४ जनाकाे नेगेटिभ नतिजा प्राप्त भएकाे छ ।आज पाेजेटिभ नतिजा आएकाहरुलाई उपचारका लागि धनकुटा अस्पतालकाे आईसाेलेसनमा राखिएकाे स्वास्थ्य कार्यलय प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयाे ।

याे सँगै जिल्लामा काेराेना संक्रमण पुष्टि भएकाहरुकाे संख्या ६० पुगेकाे छ । जसमध्ये ४५ जना निकाे भईसकेका छन् । सक्रिय संक्रमित २ जनाकाे सुनसरीमा उपचार भईरहेकाे छ । वाहिर स्थानबाट काेराेना पाेजेटिभ भनी पत्ता लागेका २ जना र अन्य १३ सहित १५ जनाकाे धनकुटा अस्पतालकाे आईसाेलेसनमा उपचार भईरहेकाे स्वास्थ्य कार्यलय प्रमुख गुरागाईकाे भनाई छ ।

आज सम्म जिल्लाका २ हजार २ सय २५ जनाकाे काेराेना परिक्षण गरिएकाे मध्ये २ हजार १ सय ६५ जनाकाे नतिजा नेगेटिभ आएकाे छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।