धनकुटामा विपत व्यवस्थापन समितिको बैठक – ४१ वटा घर निर्माणका लागि सिफारिस गर्ने निर्णय

धनकुटा खबर । धनकुटा जिल्ला विपत व्यवस्थापन समितिको आज वसेकाे बैठकले बाढी पहिरोबाट पूर्ण रुपमा क्ष,ती भएका धनकुटा जिल्लाका पहिलो चरणमा ४१ वटा घरहरु निर्माणका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

हालै परेको अविरल बर्षाका कारण आएको बाढी पहिरोले क्ष,ती भै राहतका लागी दिएको निवेदनहरु माथी छानमिन गरी पहिलो चरणमा ४१ जनाको घर निर्माणका लागि र एक जना मृतक परिवारलाई राहतका सिफारिस गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले वताउनु भयो । बैठकलाई सम्बोधन गर्दै प्रतिनीधि सभा सदस्य राजेन्द्र कुमार राईले विपदमा परी पी,डित भएकाहरुलाई निष्पक्ष ढंगबाट राहत उपलब्ध गराउनु पर्ने वताउनु भयो ।

त्यस्तै १ नं प्रदेश सभाका सांसदहरु इन्द्रमणी पराजुली,निरन राई,कुसुम कुमारी श्रेष्ठ,जिल्ला समन्वय समितिका प्रमुख टंक चाैहान,धनकुटा नरपालिकाका प्रमुख चिन्तन तामाङ,महालक्ष्मी नरपालिकाका प्रमुख पर्शुराम नेपाल,उप-प्रमुख मञ्जु अधिकारी,पाख्रिवास नगरपालिकाका उप-प्रमुख देवकला पाैडेल तिम्सिना,सहिदभूमी गाउपालिकाका अध्यक्ष मनोज राई,छथरजारेपाटी गाउपालिका अध्यक्ष शेर वहादुर लिम्वु,चौविसे गाउपालिकामा प्रमुख खजिन्द्र राई लगायतले वास्तविक पीडितहरुलाई जसरी भए पनि राहत उपलब्ध गराउनु पर्नेमा जोड दिएका थिए ।

जिल्ला विपत व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला विमलीको अध्यक्षतमा सम्पन्न बैठकमा सहयाक प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ, धनकुटा जिल्ला विपत व्यवस्थापन समितिका सदस्यहरु धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ लगायतले बाढी पहिरोबाट क्ष,ती वेहाेरी विपतमा परेका परिवारहरुको विवरण प्रस्तुत गरेका थिए ।

बैठकमा वरख गण सल्लेरी ब्यारेकका गणपती कर्णेल भगवान थापा,जिल्ला प्रहरी कार्यालय धनकुटाका एस पी गोविन्द अधिकारी,सशस्त्र प्रहरी बल ६ नं गुल्म छिन्ताङ्ग धनकुटाका गुल्मपती डिएपी रामचन्द्र श्रेष्ठ,राष्ट्रिय अनुसन्धान कार्यलय धनकुटाका प्रमुख तुलसी कटेल लगायत विभिन्न राजनैतिक दलका प्रतिनीधि,कार्यलय प्रमुखहरुले समेत आ आफ्नो धारणा राखेका थिए ।

विपतमा परी पूर्ण रुपमा क्षति वेहाेरेकाहरुलाई जिल्ला प्रशासन कार्यालय धनकुटाले राहत स्वरुप तत्कालका लागि जनसंख्या हेरेर १५ हजार देखी २० हजार रुपैया सम्म,धनकुटा उद्योग बाणिज्य संघले दैनिक उपभोग्य सामाग्री र नेपाल रेडक्रस शाेसाईटी धनकुटाले लत्ता कपडा,भाडा वर्तन, त्रिपाल प्रदान गर्दै आईरहेको जिल्ला विपत व्यवस्थापन समितिका सदस्य तथा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष राईले वताउनु भयो ।

सोही अवसरमा जिल्ला विपद व्यवस्थापन समिति धनकुटाद्धारा प्रकाशित धनकुटा जिल्लाको विपद पूर्व तयारी तथा प्रीतकार्य योजना २०७७ पुस्तकको प्रतिनीधि सभा सांसद राई प्रदेश सभा सांसदहरुले संयुक्त रुपमा विमोचन गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।