धनकुटाबाट पुनः ४८ जनाको स्वाव पठाईयो

धनकुटा खबर । आज धनकुटाका ४८ जनाको स्वाव संकलन गरि कोरोना परिक्षणका लागि पठाईएको छ ।

जिल्लाको महालक्ष्मी नगरपालिकाका २६ जनाको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र धनकुटा नगरपालिकाका २२ जनाको स्वाव संकलन गरी कोरोना जाचका लागि विराटनगर पठाईएको स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ । उनिहरुको नतिजा भोलि सम्म आउने अपेक्षा छ ।

स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईका अनुसार आज सम्म जिल्लाका २ हजार २ सय ७३ जनाको पिसिआर विधिबाट कोरोना जाँच गरिएको छ । जसमध्ये पोजेटिभ नतिजा आएकाहरुको संख्या ६० पुगेको छ ।

२ हजार १ सय ६५ जनाको नतिजा नेगेटिभ आएको छ । पोजेटिभ नतिजा आएकाहरु मध्ये ४५ जना निको भईसकेका छन् । बाँकी सक्रिय संक्रमितहरुको धनकुटा र सुनसरीको आईशोलेसनमा उपचाररत छन् । आज स्वाव संकलन गरि पठाईएका ४८ जनाको नतिजा आउन बाँकी छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।