धनकुटामा कर शिक्षा घर दैलो कार्यक्रम !
धनकुटा खबर । धनकुटा उद्योग बाणिज्य संघले आज देखी व्यावसाय सचेतना तथा कर शिक्षा घर दैलो कार्यक्रम सञ्चालन गरेको छ ।
लक डाउनका कारण शिथिल भएको व्यावसायलाई चलायमान बनाउन व्यावसाय सचेतना र करका वारेमा व्यावसायीहरुलाई जानकारी दिन सञ्चालन गरिएको व्यावसाय सेचतना तथा कर शिक्षा घर दैलो कार्यक्रमको धनकुटाको भीम नारयाण चौकमा संघका अध्यक्ष विजय सन्तोषी राईले शुभारम्भ गर्नुभएको हो ।
संघले व्यापारी तथा व्यावसायीहरुलाई मास्क,फेस शिल लगायत अनिवार्य सूरक्षित समाग्री लगाउन र सेनिटाईजरले आफुले पनि वारम्वार हात धुने र ग्राहकहरुलाई पनि हात धुन लगाएर सामाजिक दूरी कायम गरी विक्रि वितरण गर्न अनुरोध गर्दै व्यावसाय सञ्चालन सचेतना कर शिक्षा घर दैलो कार्यक्रम शूरु गरिएको संघले जनाएको छ ।

धनकुटाको सहिद भीम नारायण चौकबाट शूभारम्भ भएको व्यावसाय सचेतना तथा कर शिक्षा घर दैलो कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष राई, वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग,उपाध्यक्ष निर्मला राई,कोषाध्यक्ष रुपेश श्रेष्ठ लगायतले व्यपारी तथा व्यावसायीहरुलाई सहजिकरण गरेका थिए। धनकुटा बजारका क्षेत्रका व्यापारी व्यावसायीहरुको पसल पसलमा पुगेर व्यावसाय सञ्चालनको वारेमा र कर शिक्षाको वारेमा व्यावसायीहरुलाई सहजीकरण गर्दै आन्तरिक अनुगमन समेत गरेको थियो ।
सो अवसरमा संघका पदाधिकारी तथा सदस्यहरुले व्यावसायीहरुलाई पसलमा मूल्य सूची अनिवार्य राख्न,प्यान तथा भ्याटको वोर्ड बनाएर देखिने स्थानमा राख्न,कृत्रिम अभाव तथा मूल्य बृद्धी नर्गन, नाप तौल दुरुस्त राख्न, म्याद सकिएको र अखाद्य वस्तुहरु सडेगलेका समाग्रीहरु विक्रि वितरण नर्गन पनि अनुरोध गरेको थियो । यो अभियान धनकुटा जिल्लाका सवै बजार क्षेत्रमा सञ्चालन गर्ने संघका अध्यक्ष राईले वताउनु भयो ।


