धनकुटाकी मृगौला पीडित श्रेष्ठलाई आर्थिक सहयोग

धनकुटा । दुवै मृगौला फेल भएर थलिएकी गोमादेवी श्रेष्ठलाई ७२ हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ। धनकुटा नगरपालिका ७ घर भएकी ४२ वर्षिया श्रेष्ठको उपचारमा सहयोगका लागि धनकुटा बजारका केही व्यवसायीहरुद्धारा संकलित रकम प्रदान गरिएको हो।

उनको करिब ६ महिना अघि दुवै मृगौला फेल भएका थिए। सामान्य परिवार रहेको श्रेष्ठको दुवै मृगौला फेल भएपछि अहिलेसम्म परिवारले उपचार गरिरहेको भएपनि हाल आर्थिक अभाव भएकाले रकम हस्तान्तरण गरिएको हो।

सहयोग रकम धनकुटा बजार व्यवसायी जयन्द्र प्रधानले हस्तान्तरण गरेका हुन। सो रकम उनै प्रधानको अगुवाइमा संकलन गरिएको थियो। रकम हस्तान्तरण कार्यक्रममा पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर श्रेष्ठ, व्यवसायी देवेन्द्र श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖