चाडपर्ब नजिकिएसंगै धनकुटाको पाख्रीबासमा अनुगमन ति ब्र
कबिराज घिमिरे, धनकुटा । चाडपर्ब नजिकिएसंगै धनकुटाको पाख्रीबास नगरपालिकाले ग्रामिण क्षेत्रका पसलमा समेत अनुगमनलाइ तिब्र बनाएका छन् । चाडपर्बको मौका छोपेर बढि मुल्यमा तथा म्याद नाघेका खाद्यबस्तु बिक्रि गर्नसक्ने भन्दै धनकुटाको स्थानिय तह आफैले अनुगमन सुरु गरेका हुन् ।
नगरपालिकाले नगरको बजार क्षेत्र सहित ग्रामिण क्षेत्रका पसलमा समेत अनुगमन गरेको हो । अघिल्ला बर्षहरुपमा बजार क्षेत्रमा मात्र हुने गरेको अनुगमन यो बर्ष भने गाँउ क्षेत्रका पसलमा समेत गरीएको हो ।
सहर बजार बाट म्याद नाघेका खाद्यबस्तु गाँउ पुर्याएर बिक्रि गर्ने गरेको गुनासो आएपछि गाउ सम्म पुगेर अनुगमन गरेको पाख्रिबास नगरपालिकाका राजश्व शाखा प्रमुख खेम चन्द्र बस्तीले जानकारी दिनुभयो ।

अनुगमनका ग्रामिण क्षेत्रका पसलमा म्याद नाघेका खाद्य सामाग्री, खाद्य र अखाद्य बस्तु एकै ठाउमा राखेर बिक्रि गर्ने गरेको, मुल्य सुची नराखिएको दर्ता बिनै पसल सञ्चालन गर्ने गरेको पाइएको छ ।
त्यस्ता पसललाइ सात दिन भित्र प्रक्रिया पुरा गर्न निर्देशन दिएका छ । उपभाक्ताले भने चार्डबार्डमा मात्र अनुगमन हुने भन्दै अन्य समयमा पनि अनुगमन गर्न माग गरेका छन् ।


