सुरक्षित ढंगले दैनिक उपभोग्य सामाग्री खरिद विक्रि गर्न अपिल

धनकुटा खबर । चाडपर्वको आगमनसंगै कोरोना भाईरस समेत तिव्र रुपमा फैलदै गएको वेला धनकुटा उद्योग बाणिज्य संघले व्यापारी, व्यावसायी र उपभोक्ताहरुलाई सुरक्षित ढंगले दैनिक उपभोग्य सामाग्री खरिद विक्रि गर्न अपिल गरेको छ ।

संघका अध्यक्ष विजय सन्तोषी राई र महासचिव राम वहादुर गोङ्वा तामाङ्गले अपिल पत्र जारी गर्दै चाडवाड नजिकिदै गर्दा पसलहरुमा भिडभाड बढ्दै गएकाले दैनिक उपभोग्य तथा अन्य समाग्री सूरक्षित ढंगले खिरद र विक्रि गर्न अपिल गरेको हो ।

साथै संघले सामाजिक दूरी अनिवार्य कायम गर्दै मास्क ,फेस सिल लगाएर र स्यानिटाईजरले आफु हात धोई ग्राहकलाई पनि हात धुन लगाएर मात्र सामान वेचविखन गर्न व्यवसायीहरुलाई अपील गरिएको छ । यो समयमा अनवाश्यक रुपमा मूल्य बृद्धी नगरी सुपथ मुल्यमा दैनिक उपभोग्य समाग्रीहरु विक्रि वितरण गर्न र म्याद सकिएको,सडेगलेका, मिसावट तथा अखाद्य सामाग्रीहरु विक्रि वितरण नर्गन समेत संघले आग्रह गरेको छ ।

पसलमा अनिवार्य मुल्य सूची राख्न,सामान खरिद, विक्रि गर्दा वील अनिवार्य जारी गर्न, तोकिए बमोजिको तौल भएका समानहरु मात्र विक्री वितरण गर्न पनि व्यवसायीहरुलाई सचेत गराईएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।