बाढीपहिरो पीडित महालक्ष्मी नगर धनकुटाका ३७ घरलाई राहत वितरण
धनकुटा खबर । यूएनडिपिको आर्थिक सहयोग तथा महालक्ष्मी नगरपालिका र पर्डेप नेपाल धनकुटाको व्यवस्थापनमा आज महालक्ष्मी नगरपालिकाको बाढीपहिरोबाट क्षतिभएका ३७ घरलाई खाद्यन्न राहत सामाग्री वितरण गरेको छ ।
वितरण गरिएको राहत सामग्रीमा प्रतिपरिवार ५०,५० केजि चामल, ५,५ केजि दाल, ४,४ लिटर तेल ,३,३ केजि चिनि र २,२ केजि नुन वितरण गरिएको पर्डेप नेपाल धनकुटाका कार्यकारी निर्देशक मिन प्रसाद सुवेदिले बताउनु भयो ।
राहत वितरण कार्यक्रममा बोल्नु हुदै माहालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले नगर भित्र यस वर्षको बाढि पहरोले पूर्णरुपमा क्षेति पुराएका उच्च जोखिम यूक्त ३७ घर परिवारलाई यूएनडिपि र पर्डेप नेपालसंग समन्वय गरेर राहात वितरण गरेको बताउनु भयो ।

यस वर्ष माहालक्ष्मी नगरपालिकाको वडा नं १ मा ८ घर ,वडा नं २ मा ३ घर ,वडा नं ५ मा ७ घर ,वडा नं ४ मा ३ घर ,वडा नं ६ मा ५ घर ,वडा नं ७ मा ७ घर वडा नं ८ मा १ घर र ९ नम्वर वडामा ३ घर गरी जम्मा ३७ घर पूर्ण रुपमा क्षति तथा उच्च जोखिममा परेको नगरपालिकाले जनाएको छ ।
नगरको वडा नं १ का लिल बहादुर खड्काको वर्षातका कारण घर मुनि बाट पहिरो जादा थर्केर घर चर्किएर बस्न नमिल्ने भएपछि भान्साघर पालिमा बसोबास गर्दै आइरहेको पिडा पोख्नु भयो । उहाँले दशैको बेलामा राहात लिन पाउदा खुसिलागेको बताउनु भयो । साथै उहाँले खाध्यन्नको राहात मात्र होइन सरकारले घर बनाउन सहयोग गरिदिए घर बनाएर बस्थे भन्दै घर बनाउनको लागि सहयोग माग गरेकाछन् ।

त्यस्तै गरी अर्का राहत लिन आएका वडा नं ८ का अगमाया लुङगेली मगरको पनि उस्तै पिडा रहेको छ उन्को पनि घरको एकपट्टि भाग चर्केर बरण्डा भत्किन लागेको बताउनु भयो ।
त्यस्तै वडा नं १ का राजन कट्टुवालको पनि वर्षातको पानिले गर्दा घरको जग भन्दा करिब दुइमिटर तलतिर वारी भत्केर घर नै जोखिममा परेको सुनाउनु भयो । घर मुनीको बारी भत्केका कारण घर ढल्केर धाजा धाजा फाटेर बस्न नमिल्ने भएको बताउनु भयो । साथै घर भत्केको बेला दशैको समयमा राहत पाउदा ठूलो सहुलेत मिलेको बताउनु भयो ।


