नेकपा नेता हेमराज भण्डारी सहित चार जनाको लगानीमा गाउँपालिकालाई एम्बुलेन्स !

धनकुटा खबर । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं धनकुटा ईन्चार्ज हेमराज भण्डारी सहित चार जनाले धनकुटाको चौबिसे गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेका छन् ।

नेकपा नेता भण्डारी सहित चौबिसे गाउँपालिका–३ का पूर्ण लिम्बू, खोटाङका यादव राई र दोलखाका डिल्ली बराईलीले एम्बुलेन्स खरिद गरी चौबिसे गाउँपालिकालाई प्रदान गरेका हुन् ।

चौबिसे गाउँपालिका–३ कुरुलेतेनुपा घर भएका नेता भण्डारी पहिलो संविधानसभाका सदस्य समेत हुन् । भण्डारी सहित लिम्बू, राई र बराईली पनि काठमाडौं बस्दै आएका छन् ।

उनीहरुले आफ्नै लगानीमा करिब १३ लाख मूल्यको एम्बुलेन्स खरिद गरी गाउँपालिकालाई प्रदान गरेका हुन् । गाउँमा एम्बुलेन्स अभावमा धेरै बिरामीले अनाकहको ज्यान गुमाउनुको साथै सास्ती बेहोर्नु परिरहेकाले बिरामीलाई अस्पताल पु¥याउन सहज होस् भन्ने उद्देश्यले गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरिएको संविधानसभा सदस्य हेमराज भण्डारीले बताउनु भयो ।

गाउँपालिकामा कार्यक्रम आयोजना गरी दाताहरुले गाउँपालिका अध्यक्ष खजिन्द्र राई र उपाध्यक्ष यज्ञकुमारी रुचाललाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका छन् ।

अब गाउँपालिकाले नै उक्त एम्बुलेन्स सञ्चालन गर्नेछ । कार्यबिधि निर्माण गरी गाउँबासीलाई सहुलियतमा एम्बुलेन्स सेवा उपलब्ध गराईने चौबिसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताउनु भयो ।

गाउँपालिकालाई एम्बुलेन्स प्रदान गर्ने दाताहरुलाई गाउँपालिकाले एक कार्यक्रमका बीच सम्मान गरेको छ । गाउँपालिकाले अबिर, दोसल्ला, माला लगाई सम्मान–पत्र सहित एम्बुलेन्सदाताहरुलाई सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष यज्ञकुमारी रुचालले बताउनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।