धनकुटा जिल्लामा आज सम्मको कोरोना अपडेट यस्तो छ
धनकुटा खबर । धनकुटाका १७ जनाकाे पिसिअार नमूना संकलन गरि कोरोना जाचका लागि धरान पठाईएको छ ।जिल्लाको शहिदभूमि गाउपालिका १५ जना र धनकुटा नगरपालिकाका २ जना गरि १७ जनाकाे स्वाव संकलन गरि विपि काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएकाे स्वास्थ्य कार्यलय धनकुटाले जनाएकाे छ ।
त्यस्तै गरि धनकुटाकाे आईसाेलेसनमा रहेका २४ जनाकाे पनि दाेश्राे पटक नमूना संकलन गरि धरान पठाईएकाे छ । उनिहरुकाे नतिजा भाेलि सम्म आउने अपेक्षा गरिएकाे स्वास्थ्य कार्यलय प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयाे ।
अाज सम्म २ हजार २ सय ९७ जनाकाे पिसिअार विधिबाट काेराेना जाँच गरिएकाे छ । जसमध्ये
६६ जनाकाे पाेजेटिभ र २ हजार २ सय १४ जनाकाे नेगेटिभ नतिजा अाएकाे छ ।
अब अाज नमूना संकलन गरि पठाईएकाे १७ जनाकाे नतिजा अाउन बाकी छ । पाेजिटिभ नतिजा अाएका मध्ये ४५ जना निकाे भईसकेका छन् ।
हाेम आईसाेलेसनमा १ जना र
संस्था गत आईसाेलेसनमा १९ जना रहेकाछन् । वाहिरवाट नमूना संकलन गरिएका मध्ये ४ जनाकाे पाेजेटिभ नतिजा अाएकाे स्वास्थ्य कार्यलय प्रमुख गुरागाईले वताउनुभयाे ।
जसमध्ये १ जना निकाे भएकाछन् । धनकुटा अस्पतालमा जम्मा संक्रमित २२ जना रहेकाे उहाले जानकारी दिनुभयाे ।


