धनकुटा नगरका बाढि-पहिरो पीडित १ सय १६ घरपरिवारलाई राहात वितरण

धनकुटा खबर । धनकुटा नगरपालिकाको बाढि-पहिरो पीडित १ सय १६ घरपरिवारलाई यूएनडिपीको आर्थिक सहयोग तथा पर्डेप नेपाल धनकुटा र धनकुटा नगरपालिकाको व्यवस्थापनमा खाद्यन्न राहत सामाग्री वितरण गरिएको छ ।

वितरण गरिएको राहात सामाग्रीमा प्रत्येक परिवार ५०,५० केजि चामल , ५,५ केजि दाल , ४,४ लिटर तेल ,३,३ केजि चिनि र ३,३ केजि नुन वितरण गरिएको पर्डेप नेपाल धनकुटाका कार्यकारी निर्देशक मिन प्रसाद सुवेदिले बताउनु भयो ।

राहात वितरण कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ सांसद निरन राईले बोल्नु हुदै धनकुटा जिल्लाको सागुरीगढी गाँउपालिका ,माहालक्ष्मी नगरपालिका र धनकुटा नगरपालिकाको बाढि पिडितहरुलाई यूएनडीपीले राहात उपलब्ध गराएकोमा उद्धाहरणीय काम भएको भन्दै प्रसंसा गर्नुभएको छ ।

त्यस्तै गरी धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले पनि तत्कालका लागि यूएनडिपीले राहत उपलब्ध गराएर केहिमात्रमा भएपनि रहात पुगेको भन्दै धन्वाद दिनुभएको थियो । कार्यक्रमको उद्देश्यमाथि पर्डेप नेपाल धनकुटाका कार्यकारी निर्देशक सुवेदिले प्रकाश पार्नु भएको थियो । राहत वितरण कार्यक्रममा धनकुटा नगरपालिकाको उपप्रमुख सकुन्तला बस्नेत, प्रमुख प्रसासकिय अधिकृत राम बहादुर थापा लगायतको उपस्थिती रहेको थियो ।

यूएनडिपीको बाढिपिडितलाई राहत वितरण गर्न कार्यक्रम अन्तरगत धनकुटा जिल्लाको ३ वटा स्थानिय तहका १ सय ९४ घरपरिवारलाई खाद्यन्न सामाग्री वितरण गरेको यूएनडिपिले जनाएको छ । यस अघि जिल्लाको सागुरीगढी गाँउपालिकाको ४१ र माहालक्ष्मी नगरपालिकाको ३७ घर बाढि पहिरो पीडित परिवारलाई खाद्यन्न सामाग्री वितरण गरिएको पर्डेप नेपाल धनकुटाकाले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।