बाजागाजाका साथ धनकुटामा पनि भित्राईयो फूलपाती !
धनकुटा खबर । बडादशैंको ७ औं दिन अर्थात आज धनकुटामा समेत नेपाली सेनाको बरखगणले धनकुटाको बालमन्दिरमा रहेको फूलपाती घरबाट ल्याईएको फूलपातीलाई तल्लो टुंडिखेलमा पूजा र बडाई गरेपछि निशान मन्दिरमा रहेको दशै घरमा फूलपाती भित्राईएको छ ।

बाजागाजाका साथ नगरपरिक्रमा गरी भित्राईएको उक्त फूलपातीको नगरबासीहरुले घर–घरमा पानीको घडा राखेर स्वागत गरेका थिए । नेपाली सेनाको सल्लेरीमा रहेको बरख गणले फूलपातीको शुभ साइतमा तल्लो टुंडिखेलमा फूलपाती पूजा तथा बडाईको आयोजना गरेको थियो ।


