हरियो रंगमा साइकललाई प्राथमिकता, रातोमा साइकल मात्रै

काठमाडौं, ललितपुर महानगरपालिकाको सडकमा रातो रङ पोतिने भएको छ। महानगरपालिकाले केवल साइकल मैत्री शहर बनाउन हरियो रङ पछि रातो रङ लगाउने भएको हो।

हिमालय होटल आसपास क्षेत्रमा रातो रङ पोतेर साइकल लेनको चिह्न राखिने भएको प्रमुख चिरीबाबु महर्जनले बताए।

उनले भने, ‘यस रङ लगाएको सडकमा साइकल मात्रै हिँड्न पाउनेछन्। यसमा अन्य सवारीसाधन भने हिँड्न पटक्कै पाउने छैनन्।’
गत वर्षझैँ यस वर्ष पनि साइकल लेन निर्माणका लागि टेन्डर भइसकेको महर्जनले जानकारी गराए।

हाल ललितपुर महानगरपालिकाको वाग्मती पुलदेखि लगनखेल तथा पुल्चोकदेखि ग्वार्को र लगनखेलबाट मंगलबजार हुँदै पाटन दरबार आसपास क्षेत्रका सडकमा हरियो रङ कहीँ पोतियो र कहीँ पोतिँदैछ। अहिले पोतिँदै गरेको हरियो रङमा साइकल चढ्नेलाई मात्र प्राथमिकता दिइने भनिए तापनि अब पोतिने रातो रङमा केवल साइकल मात्रै गुड्न पाउने महर्जनको भनाइ छ।

‘अहिले महानगरभित्र ५.१ किलोमिटर साइकल लेन बनेको छ। आफू काठमाडौँ उपत्यका मेयर फोरमको उपाध्यक्ष भएका नाताले फोरमको बैठकमा पटकपटक अन्य मेयरसमक्ष साइकल लेनलाई विस्तार गरेर आफ्नो नगर तथा महानगरतर्फ लैजान सुझाव दिइरहेको छु’ उनले भने, ‘एकतर्फ पहिलो चरणमा वाग्मती पुल हुँदै बूढानीलकण्ठ अनि त्यसपछि दोस्रो चरणमा त्यहाँबाट शिवपुरी र अर्कोतर्फ लगनखेल हुँदै गोदावरी उद्यानसम्म लेन बनाएर लान सबै मेयरसमक्ष मेरो आग्रह छ।’

ललितपुरको गोदावरी उद्यानदेखि काठमाडौँको शिवपुरीसम्म लगभग ३५ देखि ४० किलोमिटर साइकल लेन बनाइनेमा अन्य नगरका प्रमुख पनि सकारात्मक नै रहेका प्रमुख महर्जनले बताए। हाल सडकमा दैनिक चलिरहेका यातायातले बढी मात्रामा वातावरण प्रदूषण गर्ने हुँदा साइकलको प्रयोगले वातावरण स्वच्छ हुनेछ।

ललितपुर महानगरपालिकाले साइकल लेन निर्माण गरिरहेता पनि ऐन भने हालसम्म बनाउन सकेको छैन। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।