धनकुटामा घरभाडा छुट गर्ने घरधनिहरुको संख्या ३ सय २६ पुग्यो
धनकुटा खबर । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको कारण गरिएको लकडाउनले संकटमा परेका व्यापारी व्यवसायिलाई सहयोग पुगोस् भन्ने लक्षका साथ धनकुटा जिल्लमा अहिले सम्म घर भाडा छुट गर्ने घरधनिहरुको संख्या ३ सय २६ पुगेको छ ।
दशै, तिहार, नेपाल सम्वतको शूभकामना दिदै धनकुटा नगरपालिका वडा नं ५ का समाजसेवी सामाजिक अभियान्त रेणु श्रेष्ठले व्यापारीहरुलाई सहयोग गर्दै आज दुई वटा घरको भाडा छुट गरे सँगै भाडा छुट गर्ने घरधनीहरुको संख्या ३ सय २६ पुगेको धनकुटा उद्योगवाणिज्य संघले जनाएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय सदस्य, धनकुटा उद्योग बाणिज्य संघ सदस्य एवम् मिसा खल धनकुटाकी अध्यक्ष समेत रहेकी सामाजिक अभियान्त श्रेष्ठ र इश्वर वहादुर श्रेष्ठले धनकुटा ५ माथिल्लो कोप्चेमा रहेको दुई वटा घरको एक,एक महिनाको छुट गरेको संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिनुभयो ।
उनिहरुले एउटा खाजा घर र अर्को होटल सञ्चालन भैरहेको घरको भाडा छुट गरेका हुन् । धनकुटाको व्यापारिक केन्द्र हिले बजारमा अहिले सम्म ८४ जना घर धनीहरुले घर भाडा छुट गरेको संघका महासचिव राम वहादुर गोङ्वा तामाङ्गले वताउनु भयो ।


