स्व.मदन वहादुर प्रधानको निधन प्रति कांग्रेस धनकुटाको शो क व्यक्त
धनकुटा खबर । नेपाली कांग्रेस धनकुटाले स्व. मदन वहादुर प्रधानको निधन प्रति शोक व्यक्त गरेको छ । उस्ले आज एक विज्ञप्ती प्रकाशित गर्दै समाजसेवी एवम् पार्टीका अभिभावक स्व प्रधान प्रति शोक व्यक्त गरेको हो ।
पार्टीका जिल्ला सचिव विजय सन्तोषी राईले शोक विज्ञप्ती जारी गर्दै स्व प्रधानको निधनले नेपालि कांग्रेसले एक सच्चा अभिभावक र समाजसेवी गुमाएको उल्लेख गर्नु भएको छ । विज्ञप्तिमा स्व प्रधान प्रति श्र,द्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवदेना अर्पण गरिएको छ । धनकुटा ५ तल्लो कोप्चे निवासी प्रधानको ९१ वर्षको उमेरमा हिजो नि,धन भएको थियो ।
उहाँको छोराहरु शुम्भु प्रधान र गोविन्द्र प्रधान,रुपक प्रधान,दिपक प्रधान र वुहारी रेणुका प्रधान कार्की छन् । त्यसैगरी धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं ९ का स्थानिय पार्टीका सक्रिय सदस्य समाजसेवी स्व दुर्गा वहादुर निरौलाको प्रति पनि श्र,द्धाञ्जली अपर्ण गर्दै परिवारजनमा हार्दिक स,मवेदना व्यक्त गरिएको छ ।


