कोभिड अस्थायी अस्पताल उद्घाटन

काठमाडौं ,कञ्चनरूप नगरपालिकामा निर्मित कोभिड अस्थायी अस्पतालको आज उद्घाटन गरिएको छ । कञ्चनरूप–८ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापित कोभिड–१९ अस्पताल सङ्घीय सरकारको रु १० लाखको सहयोग र बाँकी नगरपालिकाले सहयोग गरी पाँच श्याको बनाइएको हो । अस्पतालमा एक चिकित्सक, दुई स्टाफ नर्स र एक कार्यालय सहयोगी रहने नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक डम्बरप्रसाद गुप्ताले जानकारी दिए ।

नगर प्रमुख वसन्तकुमार मिश्रले अस्पताल उद्घाटन गर्दै नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको बताउँदै केही दिनभित्रै प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक सेवा र सर्पदंशको उपचार सेवासमेत शुरु गर्न लागिएको जानकारी दिए । नगरपालिका उपप्रमुख नीरु पोखरेलले सबैको सहयोगमा नगरपालिकाले कोभिड संक्रमण रोकथाम गर्न क्वारेन्टिन, आइसोलेसन केन्द्र हुँदै कोभिड अस्पताल स्थापना गर्न सफल भएको बताउँदै कुनै बिरामीलाई औषधोपचार गर्न बाहिर जानु नपर्ने किसिमले नगरपालिकाले काम गरिरहेको बताए ।

प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले कोभिड– १९ को संक्रमण रोकथामका लागि नगरपालिकाले शुरुदेखि नै सचेत भएर काम गरेकोे बताउँदै रोगप्रति लापर्बाही नगर्न सबैमा आग्रह गरे । जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख दुनियाँलाल यादवले स्वास्थ्यकर्मीले आफ्नो मनोबल बढाएर गुणस्तरीय सेवा दिनुपर्ने बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।