धनकुटाको शहिदभूमीमा ‘फुसको छाना मुक्त’ भएका घरको संख्या ६५५ पुर्याउने लक्ष्य

शर्मिला राई, धनकुटा खबर । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत हाल नेपाल सरकारले देश भर विपिन्न नागरिकलाई जस्तापाता वितरण गर्ने कार्यक्रम सञ्चालन गरिरहेको छ । जसअनुसार चालु आर्थिक वर्षको अन्त्यसम्ममा धनकुटाको शहिदभुमि गाउँपालिकामा फुसको छाना मुक्त भएका घरको संख्या ६ सय ५५ पुर्याउने लक्ष राखिएको छ ।

नेपाल सरकारको सूरक्षित नागरिक आवास कार्यक्रम अन्र्तगत चालु आर्थिक वर्ष २०७७÷०७८ मा यो गाउँपालिकाको १,२ र ७ नं वडाका ४ सय ५७ विपन्न घरपरिवारलाई जस्ता पाता उपलव्ध गराउने योजना रहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष मनोज राईका अनुसार यसअघि गाउँपालिकाकै विपन्न सभाध्यक्ष, प्रत्येक गाउँसभा सदस्य पूर्वाधार कार्यक्रम अन्र्तगत १ सय २ घरधुरी र प्रदेश सरकारको तर्फबाट ९६ घरधुरी संख्यामा फुसको छाना हटाई सकिएको छ । यहाँ संघिय सरकारको सूरक्षित नागरिक आवास, गाउँपालिकाको विपन्न सभाध्यक्ष तथा प्रत्येक गाउँसभा सदस्य पूर्वाधार कार्यक्रम र प्रदेश सरकारद्धारा सो गाउँपालिकामा नमूना वस्ति निर्माण गर्ने कार्यक्रम अन्र्तगत अहिले सम्म जम्मा १ सय ९८ घरधुरी संख्यालाई फुसको छानो मुक्त गरि सकिएको छ ।

अव चालु आर्थिक वर्षको अन्त्य सम्म ४ सय ५७ विपन्न घरधुरी संख्यालई जस्तपाता वितरण गरिएपछि यो गाउँपालिकाको ६ सय ५५ घरधुरी फुसको छानो मुक्त हुने अध्यक्ष राईले वतउनुभयो ।

राष्ट्रिय जनगणना २०६८ अनुसार यो गाउँपालिकामा करिव २२ प्रतिशत वढी मानिस गरिविको रेखामूनि थिए भने फुसको छाना भएका घरधुरी संख्या २७ सय ९० थियो । तर आज भन्दा दुई वर्ष अघि वडाका जनप्रतिनीधिद्धारा पुन गरिएको सर्भे अनुसार २३ सय २४ घरधुरीमा फुसको छाना थियो । यो तथ्यांकलाई हेर्दा पछिल्ला वर्षहरुमा यसअघि फुसको छाना भएका घरपरिवार स्वयम्ले पनि आर्थिक अवस्था केही सुधार हुँदै गएपछि आफै टिनको छाना लगाउने गरेको र सरकारको कार्यक्रम अन्र्तगत गाउँपालिकाबाट पनि विपन्न घर परिवारलाई जस्तापाता वितरणका कार्यक्रमहरु सञ्चालन भईरहेकोले फुसको छाना भएका घरहरुको संख्या घट्दो क्रममा रहेको गाउँपालिका अध्यक्ष राईको भनाई छ ।

सुरक्षित नागरिक आवास कार्यक्रम अन्र्तगत कुनैपनि विपन्न परिवारको वार्षिक औषत आम्दानी कति छ । सम्वन्धित परिवारको सदस्य वैदेशिक रोजगारी वा अन्य कुनै रोजगारीमा संलग्न छन की छैनन् ? भएको घरको वनावट कस्तो छ ? सम्वन्धित परिवार कुन वर्ग समूदायको हो ? भन्ने लगायत कुराको आधारमा जस्तापाता उपलव्ध गराईन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।