धनकुटामा खसी-बोका निर्यातको तथ्याक नै छैन

धनकुटा खबर । खसी बोकाको मूख्य कारोबार हुने सिजनमा दशैंमा धनकुटामा कति खसी बोको निर्यात हुन्छ भन्ने आधिकारीक तथ्याक नभएको पाइएको छ ।

कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमका बीच खसीबोका किनमेल गर्नेहरुको भीड मूख्य व्यापारीक केन्द्र देखि धनकुटाका ग्रामिण केन्द्रहरुमा दसैंको समय चहलपहल बढेको थियो ।

बाख्रा पालनका लागि ब्यबशायीक फार्मको संख्यामा बृद्धि भएसँगै पछिल्ला बर्षमा धनकुटाबाट खसिबोका निर्यात प्रतिशत बढ्दो रहेको जानकारी भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धनकुटाले जानकारी दिए पनि जिल्ला बाट कति संख्यामा आयतको अवस्था रहेको छ भन्ने आधिकारीक डाटाँ नभएको जानकारी दिएको छ ।

व्यापारीहरुले धनकुटाबाट २५ देखि ३० हजार खसिबोका दसैंका लागि निर्यात भएको बताए पनि आधिकारीक तथ्याक भने उनिहरु संग समेत नभएको बताए । भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धनकुटाका सुचना अधिकारी पुष्प दाहालका अनुसार खसिबोका निर्यात बढेपनि समग्र्र जिल्लाको विवरण कसै संग नभएको बताउनु भयो ।

उहाँले भन्नु भयो मासुजन्य पशु–पंक्षि ओसारपसार गर्दा निरोगिता र उत्पतिको प्रमाणपत्र लिनु पर्ने अनिवार्य ब्यबस्था छ तर खसि बोकाको स्वस्थ्यता जाँच र उत्पतिको प्रमाणपत्र बिनै बाहिर निर्यात हुने गरेकाले तथ्याक व्यावस्थापनमा समस्या छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।