परिवर्तनको पक्षमा धनकुटा छथरजोरपाटीका यूवा !

धनकुटा खबर । धनकुटाको छथरजोरपाटीका यूवाहरु परिवर्तनको पक्षमा रहेको एक कार्यक्रमका यूवाहरुले वताएका छन । चाडपर्वको अवसरमा नेपाली कांग्रेस छथरजोरपाटीले आज आयोजना गरेको शूभकामना आदन प्रदान कार्यक्रममा सहभागी नेता तथा युवाहरुले त्यस्तो वताएका हुन् ।

कार्यक्रममा तिहार लगायत विभिन्न चाड पर्वहरुको शुभ कामना व्यक्त गर्दै नेपाली कांग्रेस धनकुटाका सभापती अग्नी प्रसाद पौडेलले सवै मिलेर अहिले कोरोना संक्रमणको विरुद्ध लड्नु पर्ने वताउनु भयो ।

त्यस्तै छथर जोरपाटी गाउपालिकाका अध्यक्ष शेर वहादुर लिम्बुले सहकार्य र सहमतीका साथ छथर जोरपाटीमा काम भएकोले छथरजारेपाटीले सफलता प्राप्त गर्दै गएको वताउनु भयो ।

नेपाली कांग्रेस छथरजोरपाटीका सभापती छत्र सुब्बाको अध्यक्षतमा सञ्चालित शूभकामना आदन प्रदान कार्यक्रममा पाटीका जिल्ला सचिव विजय सन्तोषी राई,महासमिति सदस्य घनेन्द्रराज श्रेष्ठ,महिला संघका पूर्व केन्द्रिय सदस्य टिका भण्डारी, पार्टीका जिल्ला सदस्यहरु विष्णु पौडेल,गिरिजा प्रसाद दाहाल,नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष धिरेन्द्र वहादुर लिम्बु, लगायतले छथरजारेपाटीलाई समृद्ध बनाउने प्रसस्त सम्भावना भएको वताएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका यूवा नेता तथा गाउ कार्यसमितिका पूर्व सभापती पृथसिंह लिम्बुले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सहसचिव पदम पट्टराईले गर्नु भएको थियो । अवसरमा छथरजोरपाटीका यूवाहरुले आफुहरु परिर्वतनको पक्षमा रहेकाले छथरजोरपाटीमा आमुल परिर्वतन गर्नका लागि अभियान सञ्चालन गर्ने वताएका थिए । कार्यक्रममा वडा नं २ का पार्टी सदस्य चित्रखर पौडेलले कविता वाचन गर्नु भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।