धनकुटामा थपिए पाख्रिवास नगरपालिका र शहीदभूमि गाउपालिकामा १-१ जना कोरोना विरामी

कार्तिक २४,धनकुटा खबर । धनकुटा नगरपालिकाका २३ जनाको पिसिअर नमूना संकलन गरि कोरोना परिक्षणका लागि पठाईएको छ । उनिहरुको आईतवार नमूना संकलन गरि कोरोना परिक्षण्का लागि विराटनगर पठाईएको स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ ।

त्यस्तैगरी २ जना होम आईसोलेसन र २ जना संस्था गत आईसोलेसनमा रहेकाहरुको समेत दोश्रो पटक नमूना पठाईएको छ । उनिहरुको नतिजा आज आउने स्वास्थ्य कार्यलय प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो ।

यसैवीच आईतवार नै पाख्रिवास नगरपालिका र शहीदभूमि गाउपालिकामा १-१ जना कोरोना पोजिटिभ विरामी थपिएको उहाँले वताउनुभयो । यो सँगै धनकुटाबाट पिसिआर नमूना संकलन गरिएका मध्ये कोरोना पोजिटिभ रिपोर्ट आउनेको संख्या ९० पुगेको छ ।

सक्रिय संक्रमित मध्ये अहिले होम आईशोलेसनमा ९ जना र संस्थागत आईशोलेसनमा ११ जना रहेकाछन् । वाहिरवाट नमूना संकलन गरिएका मध्ये ६ जनाको पोजेटिभ नतिजा आएकोमा ४ जना निको भईसकेका छन् । बाँकी १ जना होम आईसोलेशन र १ जना संस्थागत आईसेलेशनमा रहेको स्वस्थ्य कार्यलयले जनाएको छ ।

अहिलेसम्म जिल्लामा २ हजार ३ सय ५५ जनाको पिसिआर परिक्षण गरिएको छ । ती मध्ये २ हजार २ सय ३८ जनाको नतिजा नगेटिभ आएको छ । अहिलेसम्म निको भएकाहरुको संख्या ६७ पुगेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।