आज धनकुटामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

धनकुटा खबर । आज फेरी धनकुटाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार धनकुटाको धनकुटा नगरपालिकामा २, महालक्ष्मी, पाख्रीबास नगरपालिका र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै प्रदेश १ मा आज ३ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १ सय ६३, सुनसरीमा ८६, झापामा ६६, उदयपुरमा १३, धनकुटामा ५, पाँचथरमा ४, इलाममा ३, संखुवासभा, ते¥हथुम, भोजपुर र खोटाङमा २–२, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा ९६ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ४० महिला र ५६ पुरुष रहेका छन् । मोरंगको सुन्दरहरैचामा १८, उर्लाबारीमा १४, रतुवामाई, बेलबारी र बुढीगंगामा ५–५, रंगेली, कानेपोखरी र ग्रामथानमा ३–३, कटहरीमा २, सुनबर्षी, जहदा, पथरीशनिश्चरे, केराबारी र लेटाङमा १–१ र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको धरानमा ३४, इटहरीमा ३२, इनरुवामा १०, रामधुनीमा ३, बराहक्षेत्रमा २, हरिनगर, देवानगञ्ज, बर्जु, दुहवी र कोशी गाउँपालिकामा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यस्तै झापाको दमकमा २१, विर्तामोडमा १२, गौरादहमा ६, बुद्धशान्ति, मेचीनगर र कचनकवलमा ३–३, कनकाई र अर्जुनधारामा २–२, शिवसताक्षी, गौरीगञ्ज, हल्दिबारी , भद्रपुर र कमल गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उदयपुरको त्रियुगामा ९, चौदण्डीगढीमा ३ र कटारीमा १, पाँचथरको फिदिममा ३ र मिक्लाजुङमा १, इलामको चुलाचुलीमा २ र सुर्योदयमा १, संखुवासभाको खाँदबारी र सिलिचोङमा १–१, ते¥हथुमको म्याङलुङ र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर र आमचोकमा १–१, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी र बराहपोखरीमा १–१, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २२ हजार १ सय ९८ पुगेको छ । प्रदेश १ मा आज ६ सय २८ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ६ सय १७, न्युरो अस्पतालबाट १० र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ८ सय १ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ५ सय ४४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १ सय ४४ महिला र २ सय २० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ७२ हजार ४९५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖